post-slider post-slider

प्रधानमन्त्रीमा केपी ओली नियुक्त

Image
A A

काठमाडौं - एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

ओलीले एमाले र नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि  राष्ट्रपति पौडेलले धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।

राष्ट्रपतिको आह्वानलगत्तै ओलीले दाबी पेस गरेका थिए। प्रधानमन्त्री नियुक्त भएका ओलीको भोलि बिहान ११ बजे सपथको कार्यक्रम तय भएको छ।

यससँगै ओली चौथोपटक नेपालको प्रधानमन्त्री बनेका हुन्।

प्रधानमन्त्रीले सपथसँगै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्। कांग्रेस र एमाले नेताहरू मन्त्री छान्न व्यस्त छन्।

Tags: