post-slider post-slider

नारायणगढ-मुग्लिनमा पहिरोमा परी दुई बसका ६५ यात्रु बेपत्ता

Image
A A

काठमाडौं- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा दुई वटा बस बेपत्ता भएका छन्।

ती बसमा चालकसहित करिब ६५ यात्रु रहेको आशंका गरिएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।

‘दुबै बस त्रिशूली नदीमा खसेको आशंका छ। हामी घटनास्थलमा छौं, पहिरो पन्छाउने काम भइरहेको छ,’ भण्डारीले भने।

शुक्रबार बिहान करिब साढे ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बस भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा पहिरोमा परेको उनले बताए।

गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं आउँदै गरेको बसमा २४ जना यात्रु रहेको अनुमान गरिएको उनले बताए।

यात्रुहरूको यकिन विवरण थाहा हुन सकेको छैन। दुवै बस र यात्रुहरूको अवस्था अज्ञात छ।

जिल्ला प्रहरी कार्यालय चितवनले खोज तथा उद्धारमा ७५ जनाको खटाइएको र त्रिशूलीमा बस खोज्न गोताखोर पनि झिकाइएको जनाएको छ।

Tags: