post-slider post-slider

वनभोजमा खाना सर्केर मेयरका स्वकीय सचिवको मृत्यु

Image
A A

रामेछाप - रामेछाप नगरपालिकाका कर्मचारीको वनभोजमा खाना खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ।

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा. केशव श्रेष्ठले जानकारी दिए।

रामेछाप नगरपालिकाका कर्मचारीहरूले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा वनभोज आयोजना गरेका थिए।

खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो।

खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्‍याइएको थियो।

पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकोप्टर झिकाउने प्रयास गरे पनि उनको मृत्यु भएको हो।

घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस भएका थिए।

उनको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ। हाल उनको अवस्था सामान्य छ।

Tags: