post-slider post-slider

लघुवित्त पीडित आज पनि आन्दोलिन, प्रदर्शनका क्रममा झडप

Image
A A

काठमाडौं- लघुवित्त पीडितहरुले प्रदर्शन जारी राखेका छन्। लामो समयदेखि आन्दोलनरत रहेका लघुवित्त पीडितहरुले  संसद् भवन घेराउदेखि विरोध प्रदर्शन गर्दै आएका छन्।

लघुवित्त संस्था खारेज गर्नुपर्ने, लघुवित्तबाट लिएको ऋणा साँवा ब्याजसहित मिनाहा गर्नुपर्ने, ऋण उठाउने क्रममा पीडितमाथि नै ज्यादति गर्ने लघुवित्तका कर्मचारी र मालिकलाई कारबाही गर्नुपर्ने उनीको माग रहेको छ।

बिजुली बजारमा आन्दोलनरत सहकारीपीडित र प्रहरीबीच धकेलाधकेलसमेत भएको छ।

माइतीघर मण्डलमा धर्ना दिएर सहकारी पीडितहरू प्रदर्शन गर्दै बिजुलीबजार पुगेका थिए।

बिहीबार दिउँसो बिजुली बजार पुलमा सहकारी पीडितहरू र प्रहरीबीच धकेलाधकेल भएको हो। सहकारी पीडितहरू सडकमा भेला भएपछि प्रहरीले हटाउन खोजेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले छलफलका लागि केही मानिसलाई सहकारी विभाग लगिएको जानकारी दिए।

निक्षेपको सावा तथा ब्याज अविलम्ब फिर्ता गर्न माग गर्दै केही दिनदेखि सहकारी पीडितहरूले आन्दोलन गरिरहेका छन्।

फरार रहेका सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गर्न पनि उनीहरूले माग गरेका छन्। 

Tags: