post-slider post-slider

कोसीका सभामुखले दिए राजीनामा

Image
A A

काठमाडौं- कोसी प्रदेसका सभामुख बाबुराम गौतमले राजीनामा दिएका छन्।

कोसी प्रदेस सरकार गठनका लागि बहुमत पु¥याउन एक सांसद अपुग भएपछि माओवादी केन्द्रबाट सभामुखमा निर्वाचित भएका गौतमले राजीनामा दिएका हुन्।

उनले उपसभामुखलाई इमेलमार्फत राजीनामा पठाएका छन्।

गठबन्धनको सरकार बनाउन एक सांसद अपुग भएपछि उनलाई राजीनामा गराउन माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहल गरेका थिए।

काठमाडौंमा रहेका गौतम उपसभामुखलाई राजीनामा इमेल गरेर विराटनगर फर्किएका छन्।

राजीनामा गरिसकेपछि अब उनी माओवादी संसदीय दलका सदस्य भएका छन्।

सरकार नै बन्न नसक्ने अवस्थामा समेत सहयोग गर्न नपाउने अवस्था र सभामुखका रूपमा विवादमा तानिइसकेकोले आफूले पद त्याग्ने निर्णय गरेको गौतमले बताएका छन्।

यसअघि नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखकै हैसियतमा छँदा दाबीपत्रमा हस्ताक्षर गरेपछि गौतम विवादमा मुछिएका थिए।

सरकार गठन प्रक्रियामा सभामुखको समेत सहभागिता देखिएपछि सर्वोच्च अदालतले त्यसलाई अवैध ठहर गरिदिएको थियो।

गौतमले राजीनामा दिएपछि प्रदेसको मुख्यमन्त्रीका लागि पुनः कांग्रेस संसदीय दलका नेता थापालाई अघि सार्ने तयारी गठबन्धनको छ।

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थनमा थापालाई पुनः मुख्यमन्त्रीका लागि प्रस्ताव गर्ने तयारी रहेको छ।

 

Tags: