post-slider post-slider

प्रहरीले तितरवितर पारेपछि मिटरब्याज पीडितसँग सरकारले गर्ने वार्ता बिथोलियो

Image
A A

काठमाडौँ – मिटरब्याजपीडितसँग सरकारले गर्ने वार्ता बिथोलिएको छ। २३ दिनको पैदल मार्चपछि काठमाडौं आएर प्रदर्शन गरिरहेका उनीहरूसँग आज सोमबार सरकारले वार्ता गर्ने तयारी गरेको थियो।

गृह मन्त्रालयमा बिहान ११ बजे वार्ता बस्ने भनिए पनि ९ बजे पीडित बसेकै ठाउँमा प्रहरी पुगेर तितरवितर पारेपछि वार्ता बिथोलिएको हो।

सडक आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका नीर्घ नविनका अनुसार, बिहान ९ बजे मिटरब्याज पीडित बसिरहेको भृकुटीमण्डपमा गएर पीडितलाई हटाउन खोजेको थियो।

‘प्रहरी वृत्त, सिंहदरबारका डीएसपी जिल्ला प्रशासन कार्यालयको पत्रसहित आउनुभएको थियो, उहाँहरुले हाल बसिरहेको ठाउँ समाज कल्याण परिषद्को भएको भन्दै खाली गर्न दबाब दिनुभयो’, उनले अनलाइन्खबरसँग भने, ‘विकल्पविना जबरजस्ती यहाँबाट बलपूर्वक निकाल्ने प्रयास भयो।’

गृह मन्त्रालयमा आइतबार सह–सचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा गठित समितिले मिटरब्याज पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष अवधेश कुशहवा नेतृत्वको टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो।

Tags: