post-slider post-slider

जाजरकोटमा फेरि भूकम्पको धक्का

Image
A A

काठमाडौं- जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ।

सोमबार अपराह्न ४ बजेर ३१ मिनेटमा जाजरकोटलाई केन्द्रविन्द्र बनाएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर भूकम्पको तीब्रता ५.८ रेक्टर स्केल रहेको थियो।

भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो।

गत शुक्रबार मध्यरातमा रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिम गरी १५७ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा मानिसहरू घाइते भएका छन्।

 

Tags: