post-slider post-slider

गृहमन्त्री श्रेष्ठको प्रस्टोक्ति- सुन तस्करी प्रकरणको अनुसन्धान सीआईबीले नै टुंगो लगाउँछ

Image
A A

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै टुंगोमा पुर्‍याउने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बताए।

‘संसद्को अवरोध खुलाउने विषयमा सर्वदलीय बैठक भएको छ। छलफल सकारात्मक दिशातिर छ, तर आज प्रमुख प्रतिपक्षी दलको नेता अस्वस्थताका कारण अनुपस्थित हुनुभएकाले ठोस् निष्कर्षमा पुग्न सकिएन। सोमबारसम्ममा सकारात्मक निष्कर्ष आउँछ भन्ने आशा जागेको छ,’ उनले भने।

उनले सुन तस्करी प्रकरणको सम्बन्धमा सीआईबीले अनुसन्धान गरिरहेको र सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रस्ट पारे।

‘मैले संसद्मा सम्बोधनमै यो विषय प्रष्ट राखिसकेको हुँ, हामी कहाँ यस्तो सांगठनिक अपराधमा अभियोजनकालागि ६० दिनको समय हुन्छ । त्यसमध्ये राजस्व अनुसन्धानले नै २० दिनको समय गुजारिसकेको छ । अब बाँकी रहेको ४० दिन हो, त्यसमा पनि सीआईबीले नै काम गर्ने भनेको ३५ दिन मात्रै हो। तर मलाई लाग्छ, सीआईबीले नै यो प्रकरणलाई टुंगोमा पुर्‍याउँछ,’ उनी भन्छन्।

 

Tags: