post-slider post-slider

चेतना नभएकाहरूले मात्र राजतन्त्र मान्छन् : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुर्खहरूले मात्र राजतन्त्र मान्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले चेतना नभएका मुर्खहरूले मात्र राजतन्त्र मान्ने बताएका हुन्।

नेपालमा राजतन्त्र काम लाग्दैन भनेर जनताले फालिसकेको उनले जिकिर गरे।

‘राजतन्त्र काम लाग्दैन भनेर जनताले फालिसकेका छन्,’ ओलीले भने,‘कठैबरी, नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने पनि चेतना हो र? त्यो त मुर्खता हो।’

ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नुन नभएको बताए।

उनले नेपालमा राजतन्त्रले दुःख दिनबाहेक केही नगरेको उल्लेख गरे।

मरेको प्रेतका पछाडि लागेर केही व्यीक्त राजतन्त्र फर्काउन लागे पनि त्यो कुनै हालतमा सम्भव नभएको ओलीले बताए।

‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्। त्यस्तो बेलामा युवा संघले देश संकटमा परेको बेला काँध थाप्ने हामी छौं भनेर बोल्यो, धन्यवाद छ,’ ओलीले भने।

युवा संघले बिहीबार गरेको प्रदर्शन झलकमात्र भएको बताउँदै उनले ठूलो आन्दोलनका लागि तयार रहन आग्रह गरे।

प्रतिक्रियावादीहरूसँग दिन र ठाउँ तोकेर युवा संघ भेट्न तयार रहेको ओलीले बताए।

 

Tags: