post-slider post-slider

एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत् मतदान हुने

Image
A A

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजबाट बन्द सत्र सुरु हुँदैछ।

काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा केहीबेरमा सुरु हुने बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ।

दस्तावेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ। महाधिवेशनमार्फत् २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ।

यसैबीच, महाधिवेशन सम्पन्न गर्न नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ।

त्यसैगरी, उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी तथा डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ।  

आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्तावेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ। महाधिवेशनमा विद्युतीय मेसिनमार्फत् मतदानको व्यवस्था गरिने सो पार्टीले जनाएको छ। 

अहिलेसम्म अध्यक्षका लागि माधव नेपाल, झलनाथ खनाल र महासचिव घनश्याम भुसालले आकांक्षा देखाएका छन्। एकीकृत समाजवादीका नेताहरुले अध्यक्ष नेपाल र महासचिव भुसालबीच अध्यक्षमा प्रतिष्पर्धा हुने सम्भावना रहेको बताएका छन्।  

Tags: