post-slider post-slider

धर्मगुरु श्रीनिवास रिहा

Image
A A

जनकपुरधाम- धर्मगुरु आचार्य श्रीनिवास रिहा भएका छन्।

उत्तेजक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका हिन्दू धर्मगुरु श्रीनिवास रिहा भएका हुन्।

जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाएपछि उनी पक्राउ परेका थिए।

धर्मगुरु श्रीनिवास ५ सय रुपैयाँ जरिवाना तिरेर रिहा भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए।

१२ असोजमा जनकपुरधाममा भएको एक कार्यक्रममा उनले हिंसात्मक अभिव्यक्ति दिएपछि पक्राउ परेका थिए।

मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको थियो।

बुधबार साँझ उनलाई कारबाहीका लागि धनुषा ल्याइएको थियो।

श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको प्रहरीसमक्ष स्वीकार गरेको डिएसपी अअवाले बताए।

श्रीनिवास पक्राउ परेपछि जनकपुरधामका साधुसन्तले उनको रिहाइको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका थिए।

उनको रिहाइको माग गर्दै साधुसन्तले बिहीबार प्रदर्शनसमेत गरेका थिए।

गौ–हत्याको विरोधमा पछिल्लो समय जनकपुरधामका साधुसन्तहरु आन्दोलित भएका छन्।

 

Tags: