post-slider post-slider

सशस्त्र प्रहरीले समात्यो सप्तकोसी नदीमा डुंगामा लैजाँदै गरेको १६४ किलो गाँजा

Image
A A

सुनसरी, चैत ७ - सशस्त्र प्रहरीले  सप्तकोसी नदीमा डुंगामा लैजाँदै गरेको  १६४ किलो गाँजा बरामद गरेको छ।

चैत ७ गते बिहान राति साढे १ बजे प्रहरीले सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तोकोसी नदीको किनारबाट गाँजा बरामद गरेको हो।

पाँच-छ जना व्यक्तिहरूले डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले   गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलले जनाएको छ।

रातको समय भएकोले डुंगा लिएर व्यक्तिहरू फरार भएका थिए। उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गणबाट फागुन १ गतेदेखि हालसम्म एउटा एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए।  

Tags: