post-slider post-slider

मुगुमा आगलागी हुँदा दाजु-बहिनीको मृत्यु, भागेर जोगिइन् आमा

Image
A A

काठमाडौं, माघ २२ - मुगुमा आगलागी हुँदा एकैघरका दाजु-बहिनीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सत्याड गाउँपालिका-२ गाडेखोलाका १४ वर्षीय विशाल सन्ज्याल र १२ वर्षीया झरना सन्ज्याल रहेका छन्।

सोमबार बिहान राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

थापाका अनुसार सोमबार बिहान ६ बजे आगलागी भएको र दुई बालबालिका फेला नपरेको भनी स्थानीयले खबर गरेका थिए। जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुग्दा दुई वटा जलेका शरीर भेटिएको थापाले बताए।

शव पहिचान गर्न नसकिएपछि डाक्टरलाई बोलाएर शव पहिचान गरी परिवारलाई बुझाइएको थापाले बताए।

उनीहरूका बुवा लालु सञ्ज्याल कामको सिलसिलामा भारत गएका थिए। घरमा उनकी श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए।

लालुकी श्रीमतीले ताप्न आगो बालेको र राति निभाउन बिर्सिँदा आगलागी भएको प्रहरीको अनुमान छ।

आगलागीमा भागेर ज्यान जोगाउन सफल भएको लालुकी श्रीमतीले प्रहरीलाई बताएकी छिन्।

भान्सा कोठाबाट आगलागी सुरू भएको थियो। आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ।

 

Tags: