post-slider post-slider

जनकपुरमा राम जानकी विवाह महोत्सवको तयारी सुरू

Image
A A

जनकपुरधाम- जनकपुरधाममा हुने सीताराम विवाह महोत्सवको तयारी सुरू भएको छ।

आगामी मंसिर २६ गतेदेखि पुस २ गतेसम्म मनाइने महोत्वसको तयारी सुरू भएको हो।

सीताराम विवाह महोत्सवको तयारीका सन्दर्भमा जानकी मन्दिरको अगुवाइमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

विवाह महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न १५१ सदस्यीय मूल समितिका साथै स्वास्थ्य, यातायात, सुरक्षा, खानेपानी, प्रचारप्रसार, मञ्च व्यवस्थापनलगायतका उपसमितिहरू पनि गठन गरिएको छ।

नेपाल तथा भारतका लाखौं श्रद्धालु उपस्थित हुने विवाह महोत्सवका लागि प्रदेस सरकारले यसपाली बजेट विनियोजन गरेको छैन। 

महोत्वसका लागि गत वर्ष प्रदेस सरकारको तर्फबाट २० लाख विनियोजन भएको थियो।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार हरेक वर्षझैं यसपालि पनि साताव्यापी कार्यक्रमसहित विवाह महोत्सव मनाउने तयारी गरिएको छ।

२६ गते जनकपुरधाम नगर दर्शन, २७ गते फूलबारी लीला,  २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर, पुस १ गते स्वयंवर  तथा विवाहोत्सव र २ गते राम कलेवा मनाइने उनले जानकारी दिए।

विवाहपञ्चमीका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रम पनि रहेको दासले बताए।

त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामको विवाह सम्पन्न भएको मान्यताअनुसार जनकपुरधाममा हरेक वर्ष सीताराम विवाहोत्सव मनाइने गरिन्छ।

 

Tags: