post-slider post-slider

भारतमा चक्रवाती आँधी 'दाना', असर नेपालसम्मै

Image
A A

काठमाडौं- भारतमा चक्रवाती आँधी 'दाना' को असर देखिन थालेको छ।

यसअघि बिहीबार पश्चिम बंगाल र ओडिसा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम विभागले दिएको थियो। 

ओडिसाको तटमा ठूलो वर्षासहित आँधी आएको छ। आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिँदा १६ जना माछुवर बेपत्ता भएको मिडिया रिपोर्टमा उल्लेख छ। 

अहिलेसम्म भारतमा दाना आँधीका कारण ३०० उडान रद्ध गरिएको र ५५० भन्दा बढी रेल रद्ध गरिएको मिडिया रिपोर्टमा उल्लेख छ।  त्यस्तै, कोलकोता र भुवनेश्वरका विमानस्थल १५ घण्टाका लागि बन्द गरिएको बताइएको छ। 

सरकारले दाना आँधीले गर्ने सम्भावित क्षतिपछिको राहत र उद्धारका लागि २८८ टिम तैनाथ गरेको बताएको छ। 

भारतीय मौसम विज्ञान विभागको आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले ९ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ। जिल्ला प्रशासनले माछा मार्नेहरूलाई समुद्रमा नजान आग्रह गरेको छ। समुद्रमा गएका मछुवाहरूलाई फिर्ता बोलाइएको छ। तटीय क्षेत्रमा माइकमार्फत् सर्वसाधारणलाई सचेत गराइएको छ।

त्यस्तै, ओडिसाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ। प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन्। दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ।

नेपालमा देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात 'दाना' को आंशिक प्रभावसमेत रहेको छ।

कोशी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया  बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

पूर्वी नेपालमा बिहानैदेखि आकाश धुम्मिएको छ भने चिसो हावा बहिरहेको छ। 

Tags: