post-slider post-slider

वायुसेवा सञ्चालक संघले सरकार र यात्रुलाई झुक्यायो, झुटो प्रचारमा मन्त्री

Image
A A

काठमाडौं- वायुसेवा सञ्चालक संघले अधिकतम् मूल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्याएको छ।

आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिँदै आएको अधिकतम् मूल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो।

अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिनदेखि तीन दिनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम् मूल्यमा टिकट नबेच्ने भन्दै झुक्याएको हो।

अहिले उपलब्ध अनलाइन र विमान कम्पनीका वेभसाइटहरूमा पनि १६ गतेसम्मका टिकट उपलब्ध रहेको छैन।

वायुसेवा कम्पनी यती एयरलाइन्सको वेबसाइटमा असोज १६ गते काठमाडौंदेखि भैरहवाको भाडादर ८ हजार ५५५ देखाएको छ।

जबकि, यसअघि सामान्य अवस्थामा यतीले यही रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो। त्यस्तै, इसेवामार्फत् हेर्दा १७ गतेका लागि ६ हजार २२२ टिकट दर देखाएको छ।

संकटको अवस्थाक साथै चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको पहिलो पटक भने होइन।

हरेक वर्ष चाड पर्वमा हवाई भाडादर आकासिने गरेको पाइन्छ। तर, सरकार र नियमन निकाय भने अहिलेसम्म एक्सनमा आएको पाइँदैन।

संघले आइतबार भनेको थियो - संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमबारदेखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नवेच्ने निर्णय गरियो।

अर्कोतर्फ पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले पनि सचिवालयमार्फत मन्त्रीको पहलमा वायुसेवा कम्पनीले टिकटको मूल्य घटाएको झुटो प्रचार गरे। तर, आम यात्रुले १६ गतेसम्म टिकट नै नपाएको अवस्थाको आँकलन मन्त्री स्वयंले गर्न सकेको देखिएको छैन।

मन्त्री पाण्डेको सचिवालयले आइतबार भनेको थियो - संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरुले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन्।  

मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरुको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका थिए। देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय गरेको जनाइएको थियो।

विपदका बेला राजमार्गहरू बन्द भएको र यात्रुहरु अफ्टयारो परेका समयमा सरकारले तोकेको अधिकतम् दरमा टिकट बिक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासोपछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो।  

Tags: