post-slider post-slider

राष्ट्रपतिद्वारा नयाँ सरकारको दाबी पेश गर्न आह्वान, आइतबार ५ बजेसम्म समय

Image
A A

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आह्वान गरेका छन्।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार शुक्रबार राति नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

धारा ७६ को उपधारा २ मा  दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संविधानमा रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पदमुक्त भएका थिए।

राष्ट्रपति पौडेलले कानुनविदसँगको परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आह्नवान गरेका हुन्।

उपधारा २ मा भनिएको छ, 'उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।'

राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्मको समय दिएर सरकार गठनको दाबी पेश गर्न भनेका छन्।

Tags: