post-slider post-slider

ओली सरकारमा एमाले र कांग्रेसले कुन-कुन मन्त्रालय पाउँदैछन्?

Image
A A

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले दुई दलबीच मन्त्रालयको भागबण्डा टुंगाएका छन्।

स्रोतका अनुसार नेपाली कांग्रेसले गृह मन्त्रालय, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय व्यवस्था, कृषि र  वन मन्त्रालय पाउने भएको छ।

त्यस्तै, नेकपा एमालेले अर्थ मन्त्रालय, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ।

बाँकी पाँच मन्त्रालय अन्य साना दललाई राखिएको छ। साना राजनीतिक दलहरू को-को सरकारमा जाने विषय टुंगो लागिसकेको छैन।

कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा टुंगिए पनि कुन मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे अझै निर्णय भएको छैन।

अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली मन्त्री छान्न अन्तिम परामर्शमा रहेको र मन्त्री बन्नेको सूची सोमबार बिहान मात्र टुंगो लाग्ने बताइएको छ।

Tags: