post-slider post-slider

प्रचण्डलाई ओलीको प्रस्ताव : राष्ट्रियसभामा एमालेलाई ‘जिरो’ नबनाउनुस्

Image
A A

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा साझेदारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रस्ताव गरेका छन्।

बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलमा ओलीले यस्तो प्रस्ताव गरेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा उनले राष्ट्रियसभामा एमालेलाई ‘जिरो’ नबनाउन प्रस्ताव गरे।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रियसभामा एमालेलाई पनि सहभागी गराउन एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग प्रस्ताव गरेको बताए।

‘राष्ट्रियसभामा एमालेलाई सहभागी गराउन भन्ने कुरामा प्रधानमन्त्रीसँग एमाले अध्यक्षले हामीलाई जिरो नबनाउनुस् भन्ने प्रस्ताव गर्नुभएको भन्ने कुरा छ। गठबन्धनले यसलाई बुझेर टुंगो लगाउने छ,’ पाण्डेले भने।

 

Tags: