post-slider post-slider

दश संसदीय समितिको बैठक एकैपटक बस्दै

Image
A A

काठमाडौं- दशवटा संसदीय समितिको बैठक एकैपटक बस्दै छ। दिउँसो ३ बजे संसदीय समितिहरूको बैठक बस्न लागेको हो।

प्रतिनिधिसभा निर्वाचन भएको करिब ८ महिनापछि संसदका विषयगत समितिहरूले सभापति पाउन लागेको हो।

१० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्। यद्यपि घोषणा हुन भने बाँकी छ।

एउटा समितिमा दुई जनाको मनोनयन दर्ता भएकोले निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदैछ।

सत्तारुढ नेपाली कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ।

त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहको उम्मेदवारी दर्ता भएको छ।

अर्को सत्तारुढ दल माओवादी केन्द्रबाट कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको छ।

नेकपा(एकीकृत समाजवादी) का भानुभक्त जोशीले स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दिएका छन्।

त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन्।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

उद्योग समितिमा जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको मनोनयन दर्ता भएको छ।

दुई जनाको उम्मेदवारी दर्ता भएकोले यो समितिमा निर्वाचन हुने भएको छ।

 

Tags: