post-slider post-slider

शीतलहरका कारण रौतहटका सामुदायिक विद्यालय चार दिन बन्द

Image
A A

रौतहट । केही दिनयताको शीतलहरसँगै चिसो बढेपछि रौतहटको सामुदायिक विद्यालय धमाधम बन्द हुँदै छ । 

शिक्षा समन्वय इकाई रौतहटले जाडो अत्यधिक बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखी जाडो बिदा दिन जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको हो ।

जिल्लाको चन्द्रपुर, फतुवाविजयपुर, देवाहीगोनाही, कटहरियालगायत १८ वटा पालिकाले मंगलबारदेखि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् ।

शिक्षा समन्वय इकाई रौतहटका प्रमुख रामविनय सिंहले जिल्लाको १८ वटै पालिकाका सबै सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुने गरी पाँच दिनसम्म जाडो बिदा दिन सोमबार नै सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको बताए ।

उनका अनुसार शिक्षा नियमावली २०५९ को नियम ८५ को उप नियम ३ मा उल्लेख भएअनुसार एक शैक्षिक सत्रमा हिउँद वा वर्षे बिदा वा दुवै गरी ४५ दिन विद्यालय बन्द रहने प्रावधान रहेकोले सोही बमोजिम सञ्चित रहेको वर्षे बिदाबाट जाडो बिदा दिन सूचना जारी गरेको हो ।

Tags: