post-slider post-slider

१५ लाखसहित पक्राउ परेका वडाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

Image
A A

काठमाडौं, माघ २६ - काभ्रे बनेपा नगरपालिका-९ का वडाध्यक्ष नृपेश बादेविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बादेविरूद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

बादेसँग १५ लाख रुपैयाँ बिगो तथा सजाय माग गरी मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए।

बादे माघ ३ गते १५ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए। घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ बादेले सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिएको र अनुसन्धान गर्दै जाँदा कसुर पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Tags: