post-slider post-slider

राष्ट्रिय सभाअन्तर्गत दुई समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

Image
A A

काठमाडौं- राष्ट्रिय सभाअन्तर्गतका दुई समितिको बैठक आजका लागि बोलाइएको छ। दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो।  

दिगो विकास तथा सुशासन समिति बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेस भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८०/८१ को कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ। 

राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ। तर, त्यस बैठकको एजेन्डाका विषयमा संसद सचिवालयले केही खुलाएको छैन।

प्रमुख प्रतिपक्षी एमालेले संघीय संसदका दुवै सदन अवरोध जारी राखेका कारण आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक राखिएको छैन। बुधबारको बैठकमा पनि एमालेले त्रिभुवन विमानस्थलबाट भएको सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद अवरुद्ध गरेको थियो।

एमालेले दुवै सदनमा अवरोध जारी राखेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो। प्रतिनिधिसभा बैठक शुक्रबार दिउँसो १ बजे तथा राष्ट्रिय सभा ११ बजेका लागि बोलाइएको छ।

 

Tags: