post-slider post-slider

युरो कप : पोर्चुगल र टर्कीको विजयी सुरुवात

Image
A A

काठमाडौं- पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको छ। मंगलबार राति सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

१-० गोलले पछि परेको पोर्चुगलले खेलमा कम ब्याक गर्दै जित हासिल गरेको थियो। पोर्चुगलका लागि फ्रान्सिस्को कोन्सेइकाओले इन्जुरी समयमा निर्णायक गोल गर्दै जित दिलाएका थिए।

यसअघि चेक रिपब्लिकका रोबिन ह्रानकले गरेको आत्मघाती गोलबाट खेल बराबरी भएको थियो।

त्यस्तै, चेक रिपब्लिकले खेलको ६२औं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गोल गरेका थिए।

अब पोर्चुगलले अर्को खेल जुन २२ मा टर्कीविरुद्ध खेल्ने छ भने चेक रिपब्लिकले भने जर्जियासँग खेल्ने तालिका छ।

यता, टर्कीले जारी युरो कपमा जर्जियालाई ३-१ गोल अन्तरले पराजित गरेको छ। टर्कीको जितमा मेर्ट मूलडुर, अर्दा गुलेर र मोहमद केरेमले एक गोल गरेका थिए।

त्यस्तै, जर्जियाका लागि जर्ज मिकाउटाडजेले एक गोल गरेका थिए।

यो जितपछि टर्कीले समूह एफमा महत्वपूर्ण जित हासिल गरेको छ। अब जर्जियाले जुन २२ मा चेक रिपब्लिकसँग खेल्दै छ भने सोहि दिन टर्कीले पोर्चुगलको सामना गर्ने छ।

Tags: