post-slider post-slider

चीनका पूर्वप्रधानमन्त्री खछ्याङको निधन

Image
A A

काठमाडौं- चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ।

हृदयघातका कारण उनको निधन भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ।

बिहीबार राति १२ बजेर २० मिनेटमा उनको हृदयघातका कारण मृत्यु भएको सिसिटिभीले जनाएको छ।

६८ वर्षीय नेता ली गत मार्च महिनामा प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए।

उनी राष्ट्रपति सि जिनपिङपछि सत्तारुढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियताका नेता हुन्।

 

Tags: