post-slider post-slider

चिकित्सकको लाइसेन्स परीक्षामा ४९ प्रतिशत अनुतीर्ण

Image
A A

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको (दर्ता प्रमाणपत्र) लाइसेन्स परीक्षामा ५१ प्रतिशत उतीर्ण भएका छन्।

काउन्सिलका निमित्त रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठकाअनुसार काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षामा ५१.३६ प्रतिशत परीक्षार्थी उतीर्ण भएका हुन्।

१८३ परीक्षार्थी सहभागी भएकोमा ९४ जना उतीर्ण र ८९ जना अनुतीर्ण भएको काउन्सिलले जनाएको छ।

प्रवेशपत्रमा तोकिएअनुसारको परिचयपत्र नल्याएका कारण ६ जनाको नजिता रोक्का गरिएको छ।

परीक्षणको नतिजामा चित्त नबुझेका परीक्षार्थीले ३५ दिनभित्र पुनर्योगका लागि इमेलमार्फत काउन्सिलमा निवदेन दिन सक्नेछन्।

यसअघि १२ साउनमा लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८.३३ प्रतिशत परीक्षार्थी उतीर्ण भएका थिए।

काउन्सिलले वार्षिक रूपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ।

 

Tags: