.png) 
                
                
                     
                
                वडाध्यक्ष र सचिव घुससहित पक्राउ
 
                    काठमाडौं- धनुषाको नगराईन नगरपालिकाका एक वडाध्यक्ष र वडा सचिव घुससहित पक्राउ परेका छन्।
नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष बुलन यादव र सोही वडाका सचिव अमृतनारायण मिश्र घुस रकमसहित पक्राउ परेका हुन्।
आयोगको बर्दिवासस्थित कार्यालयबाट गएको टोलीले वडाध्यक्ष यादव र वडा सचिव मिश्रलाई ७० हजार घुस रकमसहित पक्राउ गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिएवापत सेवाग्रहीसँग ७० हजार घुस लिइरहेको अवस्थामा दुवै जनालाई नगराईन चोकबाट नियन्त्रणमा लिइएको दाहालले बताए।
नियन्त्रणमा लिइएका वडाध्यक्ष यादव र वडा सचिव मिश्रमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
 
                                 
                 
                