post-slider post-slider

ललिता निवास जग्गा प्रकरण : समरजंग कम्पनीका तत्कालीन सहलेखापाल पौडेल पक्राउ

Image
A A

काठमाडौं- प्रहरीले ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।

उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पत्रफाउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन्।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमिमता प्रकरणमा सिआइबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

ललिता निवासको १४५ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो। तर, दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर हिनामिना भएको प्रहरीको दाबी छ।

 

Tags: