post-slider post-slider

बालसुधार गृहबाट भागेकामध्ये ८४ जना नियन्त्रणमा

Image
A A

काठमाडौं- भक्तपुरको बालसुधार गृहबाट भागेका ८४ जना पक्राउ परेका छन्। बालसुधार गृहबाट भागेका ८४ जनालाई प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो।

विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सानोठिमीस्थित सुधारगृहमा थिए।

एक जना १८ वर्षीय कैदी खुट्टामा घाउ भएर नागरिक अस्पताल लगेकोमा उपचारका क्रममा मृत्यु भएपछि आफन्तले बिहान सुधारगृहअगाडि विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकै मौका छोपेर सुधारगृहका झ्याल र पर्खाल फुटाएर डेढ सयबढी थुनुवाहरू भागेका थिए। त्यसमध्येका ८४ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो।

भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका तीनवटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ।

 

Tags: