post-slider post-slider

युद्धविरामका लागि बढ्यो अन्तर्राष्ट्रिय दबाब, इजरायलमाथि भोकमरीलाई अस्त्र बनाएको आरोप

Image
A A

काठमाडौं- गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय दबाब बढिरहँदा अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले इजरायलमा वार्ता गरिरहेका छन्।

इजरायलको सैन्य कारबाहीमा दृढतापूर्वक साथ दिइरहँदा वासिङ्टन बढ्दो रूपमा एक्लिएको छ।

आइतबार ब्रिटेन, जर्मनी र फ्रान्सले निकै धेरै सर्वसाधारण मारिएको भन्दै दीर्घकालीन युद्धविरामका लागि कामहरू गर्न आग्रह गरेका छन्।

यो ब्रिटेनको हकमा देखिएको परिवर्तन हो। यद्यपि उनीहरूले तत्काल युद्धविराम भन्न छाडेका छन्।

ब्रिटेनका प्रधानमन्त्री ऋषि सुनकले यो युद्धमा निकै सर्वसाधारणको मृत्यु भएको बताउँदै कसैले पनि यस द्वन्द्व आवश्यकभन्दा एक दिन पनि लम्बिएको देख्न नचाहेको बताएका छन्।

हमासका अधिकारीहरूले आइतबार बजालियास्थित गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कम्तीमा ११० प्यालिस्टनीहरू मारिएको बताएका छन्।

आफूले आतंकवादीका पूर्वाधारमा निशाना बनाएकोमा जोड दिने गरेको इजरायलले यस घटनालाई लिएर कुनै ठोस प्रतिक्रिया जनाएको छैन।

ह्युमन राइट्स वाचले इजरायललाई जारी युद्धमा उसले भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको आरोप लगाएको छ।

उसले इजरायली सेनाले पानी, खाद्यान्न र इन्धनका साथै मानवीय साहायतामा जानजान अवरोध पु¥याएको आरोप लगाएको छ।

अन्तर्राष्ट्रिय कानुनअनुसार भोकमरीलाई युद्धमा रणनीतिका रूपमा प्रयोग गर्नु हुँदैन।

इजरायलको विदेश मन्त्रालयका एक जना प्रवक्ताले एएफपी समाचार संस्थालाई दिएको प्रतिक्रियामा ह्युमन राइट्स वाचको उक्त भनाइलाई यहुदी विरोधी बताएका छन्।

वाचले यसअघि हमासले युद्ध अपराध गरेको भनेको थियो र ७ अक्टोबरको हमलाबारे विज्ञप्ति निकालेको थियो।

सोमबार रािित न्युयोर्कमा राष्ट्रसंघीय सुरक्षा परिषदले इजरायल र गाजाबीच तत्काल र दिगो रूपमा शत्रुताको अन्त्य गर्न आह्वान गरिएको एउटा प्रस्तावमा मदतान गर्दैछ।

विश्व शान्ति कायम गर्ने जिम्मेवारीमा रहेको परिषदले हालसम्म युद्ध विरामको आह्वान गरिएको कुनै पनि प्रस्तावलाई साथ दिएको छैन।

तेल कम्पनी बिपीले लाल सागरबाट पानीजहाजमार्फत हुने तेल ओसारपोसारको काम रोकेको जनाएको छ।

हमासलाई समर्थन गर्न यमनको हुथी समूहबाट थप हमलाहरू भएसँगै त्यसो गरिएको उसले जनाएको छ।

 

Tags: