जिम्बावेसँग नेपाल ८ विकेटले पराजित
काठमाडौं- विश्वकप क्रिकेट छनोट खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ।
जिम्बावेको हरारेमा आइतबार भएको खेलमा नेपाली टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको हो।
टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले जितका लागि प्रस्तुत गरेको २९१ रनको लक्ष्य जिम्बावेले २ विकेट गुमाएर ४४.१ ओभरमै पूरा ग¥यो।
जिम्बावेका लागि १६४ रनको साझेदारी गरेका क्रेग इर्भिन र सेन विलियम्सको सतकीय पारी नेपालका लागि हारको कारण बन्यो।
इर्भिन र विलियम्स दुवै नटआउट रहेर सतक बनाए।
कप्तान इर्भिनले १२८ बल खेल्दै १५ चौका र १ छक्काको मदतमा १२१ र विलियम्सले ७० बल खेल्दै १३ चौका र २ छक्काको मदतले १०२ रन बनाए।
त्यस्तै वेस्ली मधेभरे ३२ तथा जोयलर्ड गम्बी २५ रन बनाएर आउट भएका थिए।
नेपालका लागि सोमपाल कामी र गुलशन झाले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन जोडेको थियो।
जिम्बावेविरूद्ध ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरेका थिए।
कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो शतक बनाउन १ रनले चुके। उनी ९९ रनको व्यक्तिगत स्कोरमा आउट भएका थिए।
त्यस्तै अर्का ओपनर आसिफ शेखले ६६ रनको योगदान दिएका थिए।
जिम्बावेविरूद्धको हारसँगै नेपाल विश्वकप छनोट प्रतियोगितमा दबाबमा परेको छ।
समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल मंगलबार अमेरिकासँग खेल्नेछ।