post-slider post-slider

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह

Image
A A

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन्।

विद्रोही हमासले रिहा गर्न लागिएको भनिएका ५० जनाको समूहसँगै जोशीको रिहाइका लागि पहल गरिदिन मन्त्री साउदले अनुरोध गरेको उनका प्रमुख स्वकीय सचिव दीपकराज जोशीले जानकारी दिएका छन्।

जवाफमा कतारका विदेश राज्यमन्त्री मुखैरीले जोशीको रिहाइका लागि यथाशीघ्र सयोग गर्ने आश्वासन दिएका छन्।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले गाजामा युद्धविराम र हमासले बन्धक बनाएका नागरिकको रिहाइका लागि कतार सरकारले खेलेको मध्यस्थकर्ताको भूमिकाको प्रशंसा पनि गरेका थिए।

यसअघि बहिीबार मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुराकानी गरेका थिए।

भेटका क्रममा उनीहरूबीच रोजगारी, व्यापार तथा लगानी आदानप्रदान, सहकार्यको विकास र उच्चस्तरीय भ्रमणलगायत साझा हितका विषयमा छलफल भएको थियो।

 

Tags: