post-slider post-slider

'राजनीतिक परिवर्तनका लागि पहिले नेपालले भारतलाई सहयोग गरेको हो’

Image
A A

नयाँ दिल्ली- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले भारतको स्वतन्त्रता आन्दोलनमा नेपालका नेताहरूले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन्।

अटल भारत फाउन्डेसनले आइतबार नयाँ दिल्लीमा आयोजना गरेको ‘अटल मिथिला सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै निधिले यस्तो बताएका हुन्।

नेपालको विभिन्न राजनीतिक आन्दोलनहरूमा भारतले सहयोग गरे पनि पहिले नेपालले भारतको स्वतन्त्रता आन्दोलनमा सहयोग गरेको उनले बताए।

‘विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलनहरूमा भारतले हामीलाई सहयोग गरेको छ, यसमा लुकाउनुपर्ने कुरा केही पनि छैन,’ निधिले भने,‘तर, सहयोगको सुरूवात नेपालको तर्पmबाट भएको हो। भारतको स्वतन्त्रता आन्दोलनमा बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिलगायतका नेताहरूले सहयोग गर्नुभएको छ। जेलनेल जानु भएको छ।’

राजनीतिक परिवर्तनका लागि पहिले नेपालले त्यसपछि मात्रै भारतले सहयोग गरेको उनको भनाइ छ।

उनले नेपाल–भारतबीच वर्षौैदेखि बेटीरोटीको सम्बन्ध रहेको र यो आगामी दिनमा पनि कायम रहिरहने बताए।

‘नेपाल र भारतबीचको सम्बन्ध वर्षौं पुरानो हो। दुवै देशबीच सांस्कृति, राजनीतिकलगायतको सम्बन्ध रहेको छ। बेटीरोटीको सम्बन्ध वर्षौंदेखि ररिहआएको छ, आगामी दिनमा पनि कायम रहनेछ,’ उनले भने।

दुवै देशको विकास र समृद्धिका लागि परस्पर सहयोग आवश्यक रहेको उनको भनाइ छ।

‘आपसी सहयोग दुवै देशको विकास र समृद्धिका लागि आवश्यक छ,’ निधिले भने, ‘भारतमा राजनीतिक स्थायित्व भए नेपालमा स्थायित्व हुन्छ, यहाँको लोकतन्त्र मजबुत भए नेपालको लोकतन्त्र पनि बलियो हुन्छ, भारतले आर्थिक समृद्धि हासिल गर्दा नेपालमा पनि आर्थिक समृद्धि आउनेछ। त्यसैले दुवै देशबीच पारस्परिक सहयोग जरुरी छ।’

कार्यक्रममा नेता निधिलाई ‘अटल मिथिला सम्मान’ बाट सम्मानित गरिएको थियो 

अटल भारत फाउन्डेसनले राजनीतिक, सामाजिक, कला संस्कृति, साहित्यलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई हरेक वर्ष सम्मान प्रदान गर्ने गरेको छ।

यसपटक नेपालका तर्फबाट निधि यो सम्मानबाट सम्मानित भएका हुन्।

 

Tags: