post-slider post-slider

चाँगुनारायण नगरापालिकाको भवन उद्घाटन

Image
A A

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाको नवनिर्मित भवनको शुक्रबार उदघाटन भएको छ।

नगर प्रमुख जीवन खत्रीले नवनिर्मित भवनको एक समारोहकाबीच उद्घाटन गरेका हुन्।

नगरपालिकाको वडा नम्बर ५ छालिंग घुमाउने खरिपाटीमा तयार भएको यो भवन नगरकोट जाने सडक छेउमा रहेको छ।

२१ रोपनी तीन आना क्षेत्रफल जग्गामा ३२ करोड ७३ लाखको लागतमा तयार भएको बताइएको छ।

जिल्ला समन्वय समिति, संघीय सरकारको आर्थिक सहयोग र नगरपालिकाको आफ्नो स्रोतबाट भवन निर्माण भएको हो।

भवन उदघाटन कार्यक्रममा नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, चाँगुनारायण नगरपालिकाका सबै वडाका वडाध्यक्षका साथै अतिथिहरुको उपस्थिति रहेको थियो।

 

Tags: