post-slider post-slider

परराष्ट्र मन्त्री देउवा आज भारत जाँदै

Image
A A

काठमाडौं- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाँदैछिन्।

२२ अगस्टसम्म हुने उनको भारत भ्रमण परराष्ट्रमन्त्री बनेपछिको पहिलो विदेश भ्रमण हो।

भारतका विदेशमन्त्री डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनले यो औपचारिक भ्रमण गर्न लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री डा. राणाले भारतका विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरी नेपाल-भारत सम्बन्धलाई थप सुमधुर बनाउन र सहयोग अभिवृद्धिमा पारस्परिक हितका विषयमा छलफल गर्नेछिन्।

साथै, यस भ्रमणले नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको नियमित आदान-प्रदानको एक हिस्साको रूपमा सदियौंदेखिको पुरानो, गहिरो र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उनको भ्रमणको क्रममा अन्य उच्चस्तरीय भेटवार्ता समेत हुने बताइएको छ। उनी भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किने तालिका रहेको छ। 
 

Tags: