post-slider post-slider

काठमाडौंबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ

Image
A A

काठमाडौं, चैत १६ - काठमाडौंबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।

हातहतियार नियन्त्रण गर्ने अभियान अन्तर्गत प्रहरीले काठमाडौं-६ सरस्वतीनगरबाट २८ वर्षीय प्रशान्त पराङ्देवा लिम्बुलाई पक्राउ गरेको हो।

उनी ताप्लेजुङ फुङलिङ नगरपालिका-९ का हुन्। उनको साथबाट प्रहरीले कटुवा पेस्तोल एक थान, चक्कु दुई थान, फलामको हम्बर एक थान बरामद गरेको छ।

गुन्डागर्दी गर्ने र समाजमा त्रास सिर्जना गर्ने व्यक्तिहरूको खोजी क्रममा लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Tags: