post-slider post-slider

विश्वकप सेमिफाइनल : भारत र न्युजिल्यान्ड भिड्दै, कसको पल्ला भारी?

Image
A A

काठमाडौं- विश्वकप क्रिकेट २०२३ अन्तर्गत बुधबार पहिलो सेमिफाइनल घरेलु टिम भारत र न्युजिल्यान्डबीच हुँदैछ।

भारतीय लिग चरणका सबै ९ खेल जितेर सेमिफाइनल खेलमा पुगेको हो।

सेमिफाइनलमा प्रतिस्पर्धा गरिरहेको न्युजिल्यान्डलाई भारतले लिग चरणमा चरमा विकेटले पराजित गरेको थियो।

मुम्बईस्थित वानखेडे मैदानमा टसको महत्वपूर्ण भूमिका हुने ठानिएको छ। टस जित्ने टिमले ब्याटिङ रोज्न चाहनेछ। 

सबै ९ खेल जितेर सेमिफाइनलमा पुगेको भारतीय टिमलाई न्युजिल्यान्डले चुनौती दिनसक्ने अनुमान गरिएको छ। यो खेलमा एउटा ठूलो कीर्तिमान टुट्ने लगभग निश्चित छ।

न्युजिल्यान्डले अलग–अलग फरमेटमा भारतलाई पछिल्लो चार नकआउटमा लगातार पराजित गरेको छ।

जबकि न्युजिल्यान्ड स्वयं पछिल्लो तीन विश्वकपको आयोजना गर्ने मुलुकसँग लगातार तीनपटक पराजित भएर प्रतियोगिताबाट बाहिरिएको छ।

बुधबार दिउँसो आमुन्नेसामुन्ने उत्रिँदा एउटा नयाँ कीर्तिमान बनाउनतर्फ दुवै टिमको लक्ष्य हुनेछ।

एकदिवसीय विश्वकपको इतिहासमा २००७ देखि न्युजिल्यान्डले हरेकपटक सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ।

जसमध्ये २०१५ र २०१९ मा यो टिम फाइनलसम्मै पुग्यो। २०१९ को रोमाञ्चक खेलमा न्युजिल्यान्ड आयोजक इंग्ल्यान्डसँग पराजित भएको थियो।

२०२१ मा यसले भारतीय टिमलाई विश्व टेस्ट च्याम्पियनसिपमा पराजित गरेको थियो।

न्युजिल्यान्डको ब्याटिङ लाइनअपले यो प्रतियोगितमा सुरूदेखि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ।

रचिन रविन्द्रले लगातार रन बनाइरहेका छन् भने कप्तान केन विलियम्सन पनि राम्रो फर्ममा देखिएका छन्।

डेनव कन्वेको फर्ममा केही समस्या देखिए पनि डैरिल मिचेल भने ठूलो स्कोर गरिरहेका छन्।

कप्तान विलियम्सन र रचिन भारतीय पेस अट्याकको सामना गर्न सके मध्य ओभरमा रन बनाउनबाट रोक्न कठिन हुनेछ।

भारतीय ब्याटरलाई ट्रेन्ट वोल्ट, टिम साउदी र लौकी फर्गुसनले कठिनाइ दिनसक्ने छन्।

एकदिवसीय पिचमा साँझको समय बल  स्विंग गर्ने सम्भावना देखिएको छ।

अर्कोतर्फ भारतीय टिमले पछिल्लो ९ म्याचमा प्रस्तुत गरेको प्रदर्शन कुनै ड्रिम रनभन्दा कम देखिएको छैन।

तिब्र गतिका बलर जसप्रित बुमराह, मोहम्मद सिराज र मोहम्मद शमीले विपक्षी ब्याटरलाई निरन्तर हैरान पार्दै आइरहेका छन्।

प्रतियोगितामा शमीले १६, बुमराहले १७ र सिराजले १२ विकेट लिएका छन्।

यी तीन बलरहरूले मिलेर अहिलेसम्म ४५ विकेट लिइसकेका छन्। जसमा सबै टिमका शीर्ष ब्याटरहरू छन्।

भारतीय ब्याटरहरूले आफ्नो प्रतिभाअनुसार प्रदर्शन गरिरहेका छन्। रोहित शर्मा र शुभमन गिलको आक्रमक सुरू सुरूवात, मध्यक्रममा विराट कोहलीले लामो स्कोर बनाउने सिलसिला, श्रेयस अय्यरको लगातार उत्कृष्ट प्रदर्शन र केएल राहुलले मजबुत प्रदर्शन गरिरहेका छन्।

सेमिफाइनलमा मजबुत सुरूवातका लागि भारतले सुरूवाती १० ओभरमा विना कुनै विकेट गुमाएर खेल्नुपर्ने हुन्छ, टस हारेर दोस्रो इनिङमा ब्याटिङ गर्ने क्रममा।

त्यसैले वानखेडे स्टेडियममा टसको भूमिका महत्वपूर्ण हुनेछ।

 

Tags: