post-slider post-slider

भूकम्पले एकै नगरपालिकामा ४३ जनाको मृत्यु

Image
A A

काठमाडौं- शुक्रबार मध्यरातमा आएको शक्तिशाली भूकम्पले पु¥याएका जनधनको क्षतिका विवरणहरू आउँदै गर्दा सबैभन्दा धेरै प्रभावितमध्येमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका रहेको देखिएको छ।

नगर प्रमुख रवि केसीका अनुसार आठविसकोट नगरपालिकामा ४३ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

वडा नम्बर १४ मा मात्रै २४ जनाको ज्यान गएको उनले बताए।

त्यहाँ ६० जना गम्भीर घाइते भएका छन् जसमध्ये तीन जनालाई हेलिकप्टरमार्फ थप उपचारका लागि सुर्खेत पठाइएको छ।

मध्यरातमा आएको शक्तिशाली भूकम्पले करिब ७ सेकेन्डसम्म झड्का दिएको बताइएको छ। त्यसपछि केहीबेर परकम्पहरू पनि आएका थिए।

त्रासका कारण मानिसहरू घरबाहिर नै बसिरहेको प्रमुख केसीले बताएका छन्। 

चिसो मौसम भएकाले पीडितहरू थप कठिनाइमा परेका छन्।

करिब ३५ हजार जनसख्ंया आठविसकोट नगरपालिकामा सैयौं घरहरू पूर्ण रूपमा क्षति भएका छन्। सामान्य क्षति पुगेका घरहरूसंख्या हजारबढी छ।

स्थानीय तहका साथै सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्धारमा खटिएका छन्।

 

 

Tags: