post-slider post-slider

नेपालले सिंगापुरलाई दियो १८५ रनको लक्ष्य

Image
A A

काठमाडौं- मलेसियामा जारी एसिसी अन्डर–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा नेपालले सिंगापुरलाई जितका लागि १८५ रनको लक्ष्य दिएको छ।

बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभर ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।

नेपालका लागि ओपनरद्वय सूर्यांशू कोइराला र निरज यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए।

कोइरालाले ४३ रन र निरजले ४२ रनका योगदान दिएका छन्।

कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए।

 

Tags: