post-slider post-slider

गुटेरेसको सुरक्षामा खटिएका प्रहरी असइको मृत्यु

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असइ) टिकाराम ढुंगानाको लेक लागेर मृत्यु भएको छ।

अन्नपुर्ण बेस क्याम्प पुगेर फर्कने क्रममा ढुंगानाको बुधबार मृत्यु भएको हो।

गत कात्तिक १२ गते असइ ढुंगाना गुटेरेसको सुरक्षाका लागि उनीसँगै हेलिकप्टरमा अन्नपुर्ण बेस क्याम्प पुगेका थिए।

महासचिव गुटेरेस त्यही दिन हेलिकप्टरमा फर्किएका थिए। ढुंगाना भने हिँडेर फर्किँदा लेक लागेका कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिएका छन्।

हिँडेर आउँदै गरेका ढुंगाना हिमालय भन्ने ठाउँमा पुगेपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो।

बुधबार बिहान हेलिकप्टरबाट उपचारका लागि उनलाई मणिपाल अस्पताल पु¥याउँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

अन्नपुर्ण बेस क्याम्प उनकै क्षेत्रमा रहेका कारण उनी गुटेरेससँ त्यहाँ पुगेका थिए।

 

Tags: