post-slider post-slider

बालकुमारी झडप : प्रहरीको गोली लागेर दुईको मृत्यु

Image
A A

काठमाडौं- कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएपछि बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ।

शुक्रबार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा दैलेखकका सुजन रावत र डोर्टीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।

उनका अनुसार घाइतेहरूको उपचारका क्रममा निधन भएको हो।

प्रदर्शनमा उत्रिएका युवाहरूले सडक अवरूद्ध पारेर सवारीसाधनमा आगजनी गरेका थिए।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला चढेको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरूले हावा निकालेका थिए। लगत्तै उनीहरूले मन्त्री ज्वालालाई बाहिर निकालेर गाडीमा आगजनी गरेका थिए।

प्रदर्शनकारीले गाडीमा आगजनी गरेपछि प्रहरीले मन्त्री ज्वालालाई सुरक्षित सिंहदबार पु¥याएका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर रावत र शाह घाइते भएका थिए।

 

Tags: