आज बस्ने कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकका एजेन्डा के छन्?
काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बिहीबार बस्दैछ।
बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ।
आजको बैठकमा पार्टीको आन्तरिक संरचना, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ।
बैठकले महासमिति बैठकको एजेण्डा तय गर्नेछ। कांग्रेसले आगामी मंसिर १३, १४ र १५ गतेका लागि महासमिति बैठक बोलाएको छ।
केन्द्रीय कार्यसमितिको बैठकअघि आज बिहान पदाधिकारीको बैठक बस्दैछ। पदाधिकारी बैठकले एजेन्डाबारे थप छलफल गर्नेछ।