post-slider post-slider

कांग्रेस मधेस सम्मेलन : क्षेत्रीय प्रतिनिधिद्वारा बन्दसत्र बहिष्कार

Image
A A

जनकपुरधाम- नेपाली कांग्रेस मधेस प्रदेस सम्मेलनको बन्दसत्र क्षेत्रीय प्रतिनिधिहरूले बहिष्कार गरेका छन्।

जनकपुरधाम–४ स्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा शुक्रबार बिहान ११ बजेदेखि सुरू भएको सम्मेलनको बन्दसत्र धनुषा क्षेत्र नम्बर ३(२) का प्रतिनिधिहरूले बहिष्कार गरेका हुन्।

प्रदेस कार्यसमितिले विधानविपरित सम्मेलनमा प्रतिनिधि सामेल गर्न लगाएको भन्दै उनीहरूले बन्दसत्रमा सहभागी नभएको क्षेत्र नम्बर ३(२) का सभापति रामचन्द्र पंजियारले जानकारी दिए।

९ जना प्रतिनिधि हुनुपर्नेमा प्रदेस कार्यसमितिले विधान मिचेर थप ३ जनालाई सहभागी गर्न लगाएको उनको भनाइ छ।

‘२७ मंसिरमा बसेको क्षेत्र नम्बर ३(२) को बैठकले बहुमतबाट ९ जनाको नाम  सिफारिस ग¥यो,’ पंजियारले भने,‘तर, विधान मिचेर थप तीन जनाको नाम सिफारिस गरिएको छ। यसमा हाम्रो आपत्ति छ। प्रदेस कार्यसमितिले प्रदेस क्षेत्रीय कार्यसमितिले गरेको निर्णयको अपमान भएको छ।’

प्रदेस क्षेत्रीय समितिले गरेको निर्णय र विधानबमोजिम अगाडि बढ्न उनले प्रदेस समितिसँग माग गरे।

सम्मेलनको बन्दसत्रमा कांग्रेस धनुषाका सभापति योगेन्द्र पंजियार पनि सहभागी भएका छैनन्। आफ्नै जिल्लामा सम्मेलनको बन्दसत्र भइरहँदा पनि उनी कार्यक्रमस्थल नपुगेका हुन्।

सभापति पंजियारले आफूलाई बन्दसत्रबारे कुनै जानकारी नै नभएको बताए।

‘बन्दसत्रमा सहभागी हुन मलाई कुनै जानकारी नै आएको छैन, कसरी जानु,’ अरू जिल्लाका सभापतिहरू आएका छन् कि छैनन्  प्रश्नको जवाफमा उनले भने,‘त्यो पनि मलाई थाहा भएन।’

प्रदेस क्षेत्रीय समितिले गरेको निर्णयविपरित थप तीन जनालाई प्रदेस समितिले सामेल गरेपछि अरू प्रतिनिधिहरू बन्दसत्रमा सहभागी नभएको उनले बताए।

‘विधानबमोजिम एउटा प्रदेससभा क्षेत्रबाट ९ जना प्रतिनिधि सहभागी हुनुपर्ने हुन्छ। त्यही अनुसार ३(२) ले ९ जनाको नाम सिफारिस गरेको थियो,’ जिल्ला सभापति पंजियारले भने,‘तर, तीन जनाको नाम जबरजस्ती थपिएको छ। साथीहरूले बन्दसत्रलाई बहिष्कार सरह नै गर्नुभएको छ।’

प्रदेस सम्मेलनमा धनुषा जिल्ला सभापतिसहित क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति,  प्रदेससभा क्षेत्रीय समिति सभापति गरी करिब १९ जना सहभागी भएका छैनन्।

 

Tags: