post-slider post-slider

इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज मृत फेला

Image
A A

बागलुङ- बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल मृत फेला परेका छन्। 

सोमबार राति बागलुङ गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। 

खाजा खानाको लागि होटलमा गएका पौडेललाई राती १२ बजे होटल सञ्चालकले मृत देखेपछि वडाअध्यक्षलाई फोन गरेर जानकारी गराएको र वडाअध्यक्षले प्रहरीलाई  जानकारी गराएपछि राती २ बजे इलाका प्रहरी चौकी बुर्तिबाङबाट प्रहरीको टोली घटनास्थलमा पुगेको प्रनाउ केसीले बताए।

प्रनाउ केसीले घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुग्दै गरेको जानकारी दिए। उनले वर्षाका कारण सडक अवरुद्ध हुँदा घटनास्थल पुग्न समस्या भएको बताउँदै केही समयमा घटनास्थलमा पुगेपछि थप जानकारी आउने बताए। 

जिल्ला सदरमुकामबाट इप्रका रहेको बडिगाड–७ सम्मको दूरी ७० किलोमिटर रहेको छ भने त्यहाँबाट घटनास्थल ४ किलोमिटरको दूरीमा रहेको उपाध्यक्ष वनले बताए।

Tags: