post-slider post-slider

ईःलाई समर्थन गर्दै ओली भन्छन्- महानगरबाट गरिब होइन, गरिबी हटाऔं

Image
A A

काठमाडौं- काठमाडौं महानगर अगाडि उभिएर प्रदर्शन गरिरहेका ईःको अभियानलाई समर्थन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानगरबाट गरिब नभइ गरिबी हटाउनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंकी उपमेयर सुनिता डंगोलले ईःसँग भेटेको सन्दर्भमा प्रतिक्रिया जनाउँदै ओलीले उक्त कुरा बताएका हुन्।

उपमेयरको भेटले वार्ताबाट समस्याको समाधान निकाल्ने संकेत गरेको भन्दै अध्यक्ष ओलीले फुटपाथको व्यापार हटाउनु ठीक भए पनि त्यहींबाट रोजीरोटी चलाएकारुलाई लखेट्नु गलत भएको बताएका छन्।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–

हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो। फुटपाथ व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं। पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ।

हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक पनि हो।

उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ। दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस्।

हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन।

समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है !धन्यवाद !

Tags: