post-slider post-slider

देशका विभिन्न ठाउँमा भारी वर्षा

Image
A A

काठमाडौं- देशका आठ जिल्लामा मंगलबार भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागले जनाएअनुसार गण्डकी, लुम्बिनी र मधेस प्रदेसका विभिन्न ठाउँमा अहिले भारी वर्षा भइरहेको छ।

पाल्पाको बल्ड्याङगढी क्षेत्रमा पछिल्लो तीन घण्टामा मात्रै ११३.६ मिलिमिटर वर्षा भएको छ।

यस्तै स्याङ्जाको कुमालगाउँ क्षेत्रमा पछिल्लो २४ घण्टामा १४२ मिलिलिटर वर्षा भएको छ।

दाङको कोइलावास क्षेत्रमा पछिल्लो २४ घण्टामा १३७.२ मिलिमिटर वर्षा भएको छ।

त्यस्तै मधेस प्रदेसको बाराको जितपुरमा पनि भारी वर्षा भइरहेको विभागले जनाएको छ।

भारी वर्षा भइरहेका क्षेत्रमध्ये स्याङ्जाको कुमाल गाउँ र लमजुङको खुडी बजार पनि रहेको छ।

स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु, दाङ र आसपासका क्षेत्रमा भारी वर्षा भएको जनाइएको छ।

उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहडाका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ।

दिउँसो १ बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

Tags: