post-slider post-slider

भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा

Image
A A

काठमाडौं- भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन्।

सोमबार बिहान सम्पन्न समूह चरणको अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको छ।

भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले गोल गरेका थिए। यो जितपछि भेनेजुएलाले समूह चरणका तिनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ।

त्यस्तै, अर्को खेलमा इक्वेडर र मेक्सिको गोलरहित बराबरी खेलेपछि दुवैको ४-४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ।

त्यस्तै, तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन्।

अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ। यो खेल जुलाई ४ मा हुनेछ। त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्नेछ। यो खेल जुलाई ५ मा हुनेछ।

Tags: