post-slider post-slider

केरलको कोच्चिमा बम विस्फोट, एक जनाको मृत्यु

Image
A A

काठमाडौं- भारत केरलको कोच्चिमा बम विस्फोट हुँदा एक जनाको ज्यान गएको छ।

कोच्चिस्थित कन्वेन्सन सेन्टरमा दुईवटा बम विस्फोट भएको हो।

विस्फोटमा परी २५ जना घाइते भएका छन्, जसमध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

येहोवा विटनेस कन्भेन्सन सेन्टरमा तीन दिनदेखि कार्यक्रम चलिरहेको थियो। आइतबार कार्यक्रमको अन्तिम दिन रहेको थियो।

येहोवा विटनेस इसाई समुदाय हुन्। 

केरल प्रहरीले जनाएअनुसार हलभित्र दुईवटा बम विस्फोट भएको छ। विस्फोटका बेला हलभित्र करिब दुई हजार मानिस थिए।

प्रहरीले घटनाको छानबिन सुरू गरेको छ।

विस्फोटमा एक जनाको मृत्यु भएको र २५ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ।

 

Tags: