post-slider post-slider

बझाङमा मध्य राति भूकम्पको धक्का महशुस

Image
A A

काठमाडौं- बझाङमा गएराति भूकम्प गएको छ। १२ बजेर २२ मिनेटमा बझाङ सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। 

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो। २० जना घाइते भएका थिए। भौतिक संरचनामा क्षति पुगेको थियो।

Tags: