post-slider post-slider

गाजामा स्थल आक्रमणका लागि इजरायली सेना तयार

Image
A A

काठमाडौं- इजरायल प्रतिरक्षा फौज (आइडिएफ) ले दक्षिण सीमामा तैनाथ सेना गाजामाथि ‘आक्रमण’ का लागि तयार रहेको घोषणा गरेको छ।

इजरायलको दक्षिणी सीमामा पत्रकारहरूलाई जानकारी दिँदै आइडिएफ प्रमुख हर्जी हलेवीले आफूहरू आक्रमणका लागि तयार रहेको बताएको ‘दि जेरूसेलम पोस्ट’ ले बताएको छ।

उनले आइडिएफ मुलुकको राजनीतिक क्षेत्रसँग समन्वयमा गाजामाथि स्थल आक्रमणको ‘सटिक समय’ मा निर्णय लिने प्रक्रियामा रहेको बताए।

अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि गाजामाथि जवाफी आक्रमणमा भएको ढिलाइबारे उनले भने,‘यो चरणमा सामरिक र रणनीतिक कारक छन्, हामीलाई तयार रहन र सुधार गर्न प्रत्येक मिनेटको उपयोगका लागि धेरै समय प्राप्त हुन्छ।’

उनकाअनुसार प्रत्येक मिनेटमा गाजामाथि थप धेरै आक्रमण भइरहेको छ।

 

 

Tags: